२०८२ अशोज २५, शनिबार
  • २१ फाल्गुन २०८१, बुधबार

रूसले जापानका विदेशमन्त्री ताकेशी इवाया लगायत ९ जनालाई आफ्नोप्रवेश निषेध सूचीमा समावेश गरेको छ। यो कदम जापानले युक्रेनमाथि रुसी आक्रमणको विरोधमा लगाएको प्रतिबन्धको प्रतिउत्तरस्वरूप आएको हो।

सूचीमा युक्रेनका पूर्व र वर्तमान राजदूत तथा केही जापानी निजी कम्पनीका प्रमुखहरू पनि छन्। टोकियोमा आयोजित पत्रकार सम्मेलनमा इवायाले यो निर्णयलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै आलोचना गरे।

जापानले रूससँग विभिन्न मुद्दाहरू भए पनि संवाद जारी राख्ने बताएको छ। युक्रेन युद्धपछि जापानले अन्य जी-७ राष्ट्रहरूसँग मिलेर रूसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ।

Published Date : २१ फाल्गुन २०८१, बुधबार

फेसबुक प्रतिक्रियाहरु